रथीमा बढुवा भएका सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

नेपालभ्युज

रथीमा बढुवा भएका सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा  भएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।

आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले रथी सिग्देलका साथै उपरथीमा बढुवा  भएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि दज्र्यानी चिह्न प्रदान गरे । रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved