रास्वपाको पहिलो अधिवेशन मुलुकभरका ७ वडाबाट सुरु हुँदै

नेपालभ्युज

रास्वपाको पहिलो अधिवेशन मुलुकभरका ७ वडाबाट सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ । रास्वपाले सात प्रदेशका सात वडाबाट अधिवेशन सुरु गरेर महाधिवेशनको प्रक्रिया सुरु गरेको हो ।

पार्टी स्थापना भएपछि पहिलो पटक रास्वपाले वडा अधिवेशन गर्न लागेको हो ।

वडा अधिवेशनका लागि केन्द्रीय नेताहरु सम्बन्धित वडामा खटाइएको रास्वपाले जनाएको छ । कैलालीको टीकापुर नगरपालिका–१ मा सहमहामन्त्री विपिनकुमार आचार्य, सुर्खेतको भेरीगंगा नगरपालिका–६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, बुटवल उपमहानगरपालिका–१३ मा कोषाध्यक्ष लिमा अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, पोखरा महानगरपालिका–१० मा प्रमुख सचेतक सन्तोष परियार, भरतपुर महानगरपालिका–११ मा महामन्त्री मुकुल ढकाल, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ मा सहमहामन्त्री सुमना श्रेष्ठ र इटहरी उपमहानगरपालिका–२० मा केन्द्रीय सदस्य विजय जैरुलाई पठाइएको छ ।

अधिवेशनले एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गर्ने छ । ११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरिएको छ । चार महिलामध्ये एक जना अनिवार्य दलित महिला हुनै पर्ने छ भने ६ जना ४५ वर्षमुनिका युवा हुनै पर्ने व्यवस्था गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved