बाराको सिम्रौनगढमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, केही प्रहरी घाइते

नेपालभ्युज

बाराको सिम्रौनगढमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, केही प्रहरी घाइते
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर स्थानीय युवा लक्ष्मी मुखियाको मृत्यु भएको हो ।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट केही प्रहरी पनि घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने विषयमा दुई पक्षबीच झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved