श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश घोषणा, ५ प्रतिशत सेयर धनीले पाउने 

नेपालभ्युज

श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश घोषणा, ५ प्रतिशत सेयर धनीले पाउने 

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयर धनीहरूका लागि लाभांश घोषणा गरेको छ । मंगलबार अपरान्ह् ५ बजेतिर बसेको कम्पनीको सञ्चालक समितिको ३३६औँ बैठकले उक्त लाभांश प्रस्तावको घोषणा गरेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको मुनाफाबाट विद्यमान चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार २ सय को ५ प्रतिशत अर्थात् ४ करोड ९५ लाख ७५ हजार आफ्ना सेयर धनीहरूलाई दिने भएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी २९औँ वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved