वीरगंज महानगरपालिकाका कर्मचारी आन्दोलित

वीरगंज महानगरपालिकाका कर्मचारी आन्दोलित

जनकपुरधाम ।  वीरगंज महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।

महानगरपालिकाका उपप्रमुख सहित सचिवालयको टोलीले गरेको अभद्र व्यवहार विरुद्ध कर्मचारीले बुधबारदेखी कालोपट्टी बाँधेर विरोध  सुरु गर्ने बताएका छन् ।

स्थानीय तह कर्मचारी संघ वीरगंज महानगर इकाई समितिले मंगलबार महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै यसबारे जानकारी दिएका छन् ।

ज्ञापन पत्र बुझाउन इकाई समितिका अध्यक्ष गुप्ता सहित उपाध्यक्ष सुधिर जंग राणा, सचिव पवन प्रधान, सहसचिव मन्जित यादव, सुभद्रा बन्जरा लगायतको टोली पुगेको थियो ।

समितिले स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालिगलौज गर्दै अभद्र व्यवहार गरेकोले आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका ठाकुर उपप्रमुख इम्तियाज आलम निकट हुन् । यस्तै कर्मचारीहरु अमृता शास र रनु दासलाई पनि उपप्रमुख आलमको स्वकीय सचिव रहेका शेष हजराले अश्लील गाली गलौज गर्दै अभद्र व्यवहार गरेको प्रतिपनि गम्भीर ध्यानाकर्षण भएको समितिले जनाएको छ ।

उपप्रमुखकै सचिवालयमा कार्यरत कर्मचारी (शिक्षक) रविनन्दन सिंहले समेत कृषि शाखामा कार्यरत कृषि अधिकृत रोशनी यादवलाई पटक पटक डर, धम्की दिँदै गाली गलौज गर्ने गरेको घटना निन्दनीय रहेको ज्ञापनपत्रमा जनाइएको छ  ।

उपप्रमुख र उनको सचिवालयको टोलीले प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने गरेकाले आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको इकाई समितिका अध्यक्ष मुकेश गुप्ताले बताए।

उपप्रमुख तथा उनको सचिवालय सदस्यहरुको कार्यशैलीको विरोधमा बुधबार र बिहीबार २ दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने र त्यस पछि पनि निकास ननिस्किए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष गुप्ताले बताए ।

यस अघि मंगलबार (आज) बिहान पंजिकरण शाखा व्यवस्थित गर्ने विषयमा उपप्रमुख सहित उनको सचिवालयको टोली र वडाअध्यक्षहरु बीच विवाद भएको थियो ।

यो पनि पढ्नुहोस:

वीरगंज महानगरका प्रमुख र उपप्रमुख पक्षका समर्थकबीच विवाद


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved