नेतृत्वले गरेका गल्तीको दोष व्यवस्थालाई दिनु हुन्न : सञ्चारमन्त्री

नेपालभ्युज

नेतृत्वले गरेका गल्तीको दोष व्यवस्थालाई दिनु हुन्न : सञ्चारमन्त्री

काठमाडौं । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेका गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी हुन् ।

गणतन्त्रमा कानूनभन्दा माथि कोही पनि हुन नसक्ने भन्दै उनले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको पनि बताइन् ।

सञ्चारमाध्यमले सुदृढीकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने पनि उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved