थप एक नेपाली युक्रेनी सेनाको कब्जामा

नेपालभ्युज

थप एक नेपाली युक्रेनी सेनाको कब्जामा

काठमाडौं । रुसी सेनामा गएका दाङका एक युवा युक्रेनी सेनाको कब्जामा रहेको पुष्टि भएको छ । दाङ बिजौरीका प्रतिक पुन आफ्नो कब्जामा रहेको भन्दै युक्रेनी सेनाले भिडिओ सार्वजनिक गरेको छ ।

युक्रेनी सेनाको नियन्त्रणमा करिब ८ जना नेपाली रहेको अनुमान गरिएको छ । यद्यपी युक्रेनले अहिलेसम्म तीन जना नेपालीको भिडिओ सार्वजनिक गरेको छ ।

यसअघिकाभ्रेका सिद्धार्थ ढकाल र बर्दियाका विवेक खत्रीको भिडिओ पनि युक्रेनी सेनाले सार्वजनिक गरेको थियो । रुसमा पढ्न गएका बेला आफू रुसी सेनामा भर्ती भएको पुनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved