विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीसामू नेपालको आग्रह

नेपालभ्युज

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीसामू नेपालको आग्रह

काठमाडौं । हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीलाई नेपालले आग्रह गरेको छ ।

कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई आग्रह गरेका हुन् ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिनसँग दोहामा शिष्टाचार भेट गरि औपचारिक रुपमा विपिनको रिहाइका लागि आग्रह गरिएको हो ।

कतारका प्रधानमन्त्रीले विपिनको रिहाइका लागि प्रयास गरिरहेको बताएका छन् । जानकारी दिएका छन्।

विपिन गत असोज २० गतेदेखि हमास समूहको नियन्त्रणमा छन्। भेटमा दुईपक्षबीच व्यापार र लगानीका विषयमा पनि छलफल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved