लगानी सम्मेलन आयोजना हुनु अगावै कन्ट्री रेटिङको काम गर्छौंः अर्थमन्त्री महत

नेपालभ्युज

लगानी सम्मेलन आयोजना हुनु अगावै कन्ट्री रेटिङको काम गर्छौंः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनु अगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा उनले वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन् ।

नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरू परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने उनको भनाई छ । उनले काम गर्ने प्रक्रियागत झन्झट, काम गर्ने कार्यशैली सम्मेलन अगावै परिवर्तन हुने उल्लेख गरेका छन् । अर्थमन्त्री महतले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भए पनि लगानी भित्र्याउन सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानुन बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिबद्ध रहेको उनले बताए । लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्ने मुख्य उद्देश्य रहेको अर्थमन्त्री महतको भनाई छ । उनले वैदेशिक लगानीका लागि नेपाल सबै भन्दा उपयुक्त रहेको दाबी गरे ।

उनले लगानी भित्र्याउनको लागि सरकार नीति र कानुनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved