प्रधानमन्त्री भन्छन्- दुई सय नेपाली रुसी सेनामा भएको जानकारी छ

‘सरकार ढाल्ने कसरत भइरहेको छ, तर सफल हुँदैन’

नेपालभ्युज

प्रधानमन्त्री भन्छन्- दुई सय नेपाली रुसी सेनामा भएको जानकारी छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या दुई सय रहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले भिजिट र स्टुडेन्ट भिसामा गएका दुई सय नेपाली रुसी सेनामा भर्तीको भएको औपचारिक जानकारी प्राप्त भएको बताएका हुन् । उनले ती नेपालीको खोजी जारी रहेको पनि बताएका छन् ।

उनले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पनि प्रयत्न भइरहेको बताए ।

 

‘सरकार ढाल्ने कसरत भइरहेको छ, तर सफल हुँदैन’

प्रधानमन्त्री प्रचण्डले फरक सन्दर्भमा अहिले गठबन्धन भत्काउने र सरकार ढाल्ने खेल भइरहेको पनि दाबी गरे । ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने, अर्को बनाउने कसरत भइरहेको छ’, उनले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’

उनले अब एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको पनि बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved