दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ८२ करोड

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ८२ करोड

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । हिजो कारोबारको पहिलो दिन बढेर रेकर्ड बनाएको नेप्से आज भने १५ दशमलव ४० अंकले घटेर बन्द भएको छ ।

आज नेप्से परिसूचक १९४८ दशमलव ५७ विन्दुमा झरेको छ । सोमबार ३०३ कम्पनीका १ लाख ९ हजार ९ सय १८ पटकको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५ सय १७ सेयर कित्ता किनबेच भएका छन् ।

जसमा कारोबार रकम भने उच्च छ । आज ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३३ अंकले घटेर ३६९ दशमलव ४१ विन्दुमा रोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved