सहसचिवका लागि १५ जना उपसचिव सिफारिस

नेपालभ्युज

सहसचिवका लागि १५ जना उपसचिव सिफारिस

काठमाडौं । लोकसेवाले १५ जना उपसचिवको सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

लोकसेवा आयोगको बढुवा समितिको बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिले सिफारिस गरेको योग्यताक्रम अनुसार क्रमशः नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थप्रसाद धिताल, राजेश गौतम, सहसचिवमा बढुवा हुनेछन् ।

यस्तै ऋषिराम पंगेनी, रामुराज उपाध्याय, राजकपुर चौलागाई, सन्तोषप्रसाद दाहाल, सुर्यबहादुर खत्री, जीवनप्रसाद दुलाल र ऋषिराज आचार्यलाई पनि सहसचिवमा बढुवाको सिफारिश गरिएको हो ।

उनीहरु विरुद्ध उजुरी नपरेमा मन्त्रिपरिषद् बैठकले १५ जनालाई बढुवा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved