प्रकाण्डले भेटे माधव नेपाल र उपेन्द्र यादव

नेपालभ्युज

प्रकाण्डले भेटे माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।

आइतबार साँझ सामाजिक संजालमा नेपाल र यादवसँगको छुट्टाछुट्टै तस्विर शेयर गर्दै नेता प्रकाण्डले यसबारे जानकारी दिएका हुन्  । भेटमा  तिन बुँदे सहमतिको कार्यान्वयन र समाजवादी मोर्चाको आगामी कार्यक्रमबारे छलफल गरिएको उनले बताए ।

यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनि बालुवाटार पुगेका थिए  ।

जिल्ला अदालत काठमाडौंले मंसिर १८ गते  राज्यविरुद्धको कसूरमा उनीसहित महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाईसमेत पक्राउ पूर्जी जारी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved