हजार बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

नेपालभ्युज

हजार बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

हेटौँडा । श्री राधा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन यूथ क्लब नेपालद्वारा भूकम्प प्रभावित जाजरकोटमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

शनिबार भएको शिविरमा १४ सय जना बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

नलगाड नगरपालिका वडा नं. १२, तल्लुबगर स्थित श्री वीरेन्द्र हिमालय माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा सामान्य चिकित्सा, फोक्सो तथा निमोनिया, स्त्री तथा प्रसूति रोग, दन्त शिविर तथा मनोरोग परामर्शका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १०, ११, १२, १३ र पश्चिम रुकुम जिल्लाको आठविसकोट नगरपालिका वडा नं. ४, ५, ६ एवं डोल्पा जिल्लाबाट समेत बिरामीहरू स्वास्थ्य उपचारको लागि आएका थिए ।

सोही शिविरमा तीन महिना भित्रका सुत्केरी महिलाहरूलाई न्यानो वस्त्र पनि वितरण गरिएको थियो । शिविरको उद्घाटन नलगाड नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहनबहादुर खत्रीले गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved