मौद्रिक नीति समीक्षाको प्रभाव नेप्सेमा, यस्तो रह्यो आजको कारोबार  

नेपालभ्युज

मौद्रिक नीति समीक्षाको प्रभाव नेप्सेमा, यस्तो रह्यो आजको कारोबार  
प्रतीकात्मक तस्वीर

काठमाडौं । गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिम भार १२५ बनाएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

मौद्रिक नीतिको समीक्षापछि खुलेको पहिलो कारोबारमा नेप्से परिसूचकमा लगातार तीन सर्किट लागिरहेको छ । २० मिनेट कारोबार रोकिएर खुलेको २ मिनेटमा नेप्से ५ प्रतिशतले बढ्यो ।

कारोबार खुलेको ७ मिनेटमा नेप्से ९२.७३ अंकले बढ्यो । ४० मिनेट रोकिएको कारबारमा खुलेको पुनः २ मिनेटमा ६ प्रतिशतले बढेको नेप्से कारोबार आजको लागि बन्द भएको छ ।

बजारमा सर्किट लागेर करिब डेढ घण्टा मा बजार बन्द हुँदा साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १११.२० अंकले बढेर १ हजार ९ सय ६३.९८ को बिन्दुमा पुगेर नेप्से परिसूचक रोकिएको छ ।

आइतबारको कारोबारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता शेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आइतबारको कारोबारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब ३० कम्पनीको शेयर मूल्य सर्किट लेबलमा बढेको छ । तर यता २२७ कम्पनीको शेयर मूल्य बढ्दा ५ कम्पनीको घटेको छ ।

कारोबार रकमका आधारमा माउन्टेन इनर्जीले ३ करोड ५८ लाख २५ हजार ८३३ रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि  दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र नेपाल इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ । शुक्रवार राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ब्याजदर घट्ने नीति लिँदै राष्ट्र बैंकले नीतिगत दरहरू घटाएको छ ।

त्यस्तै बैंकमा लगानी योग्य रकम अधिक रहेको अवस्थामा कर्जा प्रवाह बढाउने नीति लिँदा शेयर कर्जाको जोखिम भार पनि १५० प्रतिशतबाट १२५ मा झारेको छ । सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved