नेप्से उच्च अंकले बढेपछि बन्द भएको कारोबार २० मिनेटपछि खुल्यो

नेपालभ्युज

नेप्से उच्च अंकले बढेपछि बन्द भएको कारोबार २० मिनेटपछि खुल्यो

काठमाडौं । सेयरबजार उच्च अंकले बढेपछि सुरु भएको पाँच मिनेटमै कारोबार बन्द भएको छ ।

साताको पहिलो दिन नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि सेयर कारोबार बन्द गरिएको हो ।

पहिलो १ घण्टाभित्र ४ प्रतिशत बजार बढेमा वा घटेमा सर्किट ब्रेकर लाग्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले सेयर धितो कर्जाको जोखिमभार १२५ मा झारेपछि लगानीकर्तामा मनोबल बढेको छ ।

२० मिनेटका लागि बन्द भएको बजार खुलेपछि लगातार ४ प्रतिशतभन्दा बढीले बढिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved