प्रधानमन्त्री दाहाल आज धनगढी जाँदै

नेपालभ्युज

प्रधानमन्त्री दाहाल आज धनगढी जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो धनगढी जाँदै छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री धनगढी जान लागेका हुन् ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोल मैदानमा दिउँसो एक बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ । सोही क्रममा प्रधानमन्त्री दाहालले कैलाली निर्वाचन क्षेत्र ५ का कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved