टिकटक प्रतिबन्धमाथिको सुनुवाइ आज

प्रतिबन्ध विस्तारै खोल्न सकिने प्रधानमन्त्री दाहालको धारणा

नेपालभ्युज

टिकटक प्रतिबन्धमाथिको सुनुवाइ आज
फाइल फाेटाे

काठमाडौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुँदैछ ।

गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ गतेभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।

गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो सम्पादकसँगको छलफलमा आवश्यक परे कानूनमा नियमनको व्यवस्था गरेर प्रतिबन्ध पुर्नविचार गर्न सकिने बताएका छन् ।

यसअघि प्रतिबन्धको बचाउमा अभिव्यक्ति दिदै आएका प्रधानमन्त्री दाहालको पछिल्लो धारणाले सरकार लचिलो बन्न खोजेको देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved