गाजामाथि इजरायलको आक्रमण तीव्र, सर्वसाधारण ठाउ छोडेर भाग्न थाले

नेपालभ्युज

गाजामाथि इजरायलको आक्रमण तीव्र, सर्वसाधारण ठाउ छोडेर भाग्न थाले

काठमाडौं । इजरायली सेना दक्षिणी गाजाको शहर खान युनिस प्रवेश गरेको छ । गाजामा इजरायलले आक्रमण तिब्र पारेपछि सर्वसाधारणहरु भाग्न थालेका छन् । बमबारी र विष्फोटका कारण सयौं मानिस घाईते भएका छन् । घाइतेको चापका कारण अस्पताल अस्तव्यस्त बनेको छ ।

गाजामा इन्टरनेट र सञ्चार सेवाहरु बन्द गरिएका छन् । इजरायली ट्याङ्क र बख्तरबंद गाडीहरू दक्षिण गाजा शहर खान युनिसको बाहिरी भागमा देखा परेका भिडियोहरु संचारमाध्यममा सार्वजनिक भएका छन् ।

इजरायलको प्रतिशोध अभियानमा अहिलेसम्म ६ हजार बालबालिकासहित १५ हजार ८ सय भन्दा बढी मानिस मारिएको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved