दक्षिणी गाजामा इजरायल हाबी बन्दै, तीन दिनमा ५ सय जनाको मृत्यु

नेपालभ्युज

दक्षिणी गाजामा इजरायल हाबी बन्दै, तीन दिनमा ५ सय जनाको मृत्यु

काठमाडौं । इजरायलको निरन्तरको बमबारी पछि इजरायली सेना दक्षिणी गाजा क्षेत्रमा हाबी हुदै गएको छ । तीन दिनको भारी बमबारी पछि इजरायले हमास समूहलाई पछाडी धेकेल्दै गएको हो ।
बीबीसीले सहर नजिकै सञ्चालनमा रहेको इजरायली ट्याङ्कका तस्बिरहरू सार्वजनिक गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रमुखले आफ्ना सैनिकको साहसको प्रशंसा गरेका छन् ।

उत्तरी गाजा पट्टीमा कडा र राम्रोसँग लडेको भन्दै अब दक्षिणी गाजा पट्टीमा पनि हमासलाई हराउने इजरायलको तयारी छ ।

एक हप्ता लामो युद्धविराम शुक्रबार समाप्त भएदेखि, इजरायलले गाजामा बमबारीको अभियानलाई तिब्रता दिएको छ । सात दिनको युद्धविराममा इजरायले २ सय ४० प्यालेस्टिनीहरूलाई रिहा गरेको थियो भने बदलामा गाजामा बन्दी बनाएका १ सय १० जनालाई हमासले रिहा गरेको थियो ।

पछिल्ला तीन दिनमा इजरायलले गरेको बमबारीमा अहिलेसम्म ५ सय भन्दा बढी मानिस मारिएको बीबीसीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved