वायुसेवा निगमका अध्यक्षको बर्खास्ती माग्दै कर्मचारी आन्दोलनमा

नेपालभ्युज

वायुसेवा निगमका अध्यक्षको बर्खास्ती माग्दै कर्मचारी आन्दोलनमा

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्षको बर्खास्ती माग्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

अध्यक्ष युवराज अधिकारीले तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डुबाउन खोजेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आइतबार अध्यक्ष अधिकारीलाई कार्यालय प्रवेशमा निषेध गरेका छन् ।

कर्मचारीहरुले निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजहरूको नियमित मर्मत सम्भारतर्फ ध्यान नदिएको, एमओआर हुँदाहुँदै एओजी गराएर तथा अनावश्यक प्रचारबाजी गरी निगमको करोडौं रकम अपचलन गरेको आरोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved