इजरायल थप आक्रामक बन्दै, पछिल्ला हमलामा १ सय ९२ को मृत्यु

नेपालभ्युज

इजरायल थप आक्रामक बन्दै, पछिल्ला हमलामा १ सय ९२ को मृत्यु

काठमाडौं । हमाससँग युद्ध विराम सकिएसँगै इजरायल थप आक्रामक भएको छ ।

युद्धविरामका सम्झौता पालना नगरेको भन्दै म्याद थप गर्न इनकार गरेको इजरायलले गाजापट्टीमा आक्रमण तीब्र पारेको हो ।

गाजापट्टीको खान युनिस शहरमा इजरायली सेनाले भीषण बमबारी गरिरहेका छन् ।

यो आक्रमणलाई गाजामा हवाइ हमला युद्ध शुरुभए यताकै सबैभन्दा डरलाग्दो आक्रमणको रुपमा व्याख्या गरिएको छ । पछिल्ला दुई दिनको आक्रमणमा कम्तिमा १ सय ९२ जनाको मृत्यु भइसकेको छ । गाजापट्टीका ४ सय स्थलमा हमासका आतंकबादी रहेको दाबी गर्दै इजरायलले ती क्षेत्रमा हवाइ हमला तीब्र पारेको हो ।

इजरायलले गाजापट्टीमा रहेका सर्वसाधारणलाई थप दक्षिणतर्फ जान उर्दी जारी गरेको केही समय लगत्तै हवाइ हमला शुरु गरेको हो । अक्टोबर ७ यता गाजामा मारिनेको संख्या १५ हजार २ सय नाघेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पुर्ण रुपमा समाप्त पार्न र बन्धकहरुलाई सुरक्षित रुपमा रिहाइका लागि सैन्य कारबाही जारी राख्ने बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved