छुट्टा छुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

नेपालभ्युज

काठमाडौं । पश्चिममा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेमा बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

त्यस्तै कैलालीको लम्कीमा बसको ठक्करबाट मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टकोे मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved