कार्यबाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

नेपालभ्युज

कार्यबाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्कालाई तोकेका हुन् ।

राष्टपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स गएकाले दाहालको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा भाग लिन बुधबार साँझ संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री दाहालले शनिबार सम्मेलनलाई सम्बोधन गर्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved