परराष्ट्र मन्त्री कतार जाँदै, विपिन जोशीको रिहाइका लागि पहल गर्ने

नेपालभ्युज

परराष्ट्र मन्त्री कतार जाँदै, विपिन जोशीको रिहाइका लागि पहल गर्ने

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् ।

मन्त्री साउदले बुधवार कञ्चनपुरको महेन्द्रनगर पुगेर विपिनको परिवारसँग भेट गरेका छन् ।

दोहा २१ औँ फोरममा पनि सहभागीसमेत हुन कतार जान लागेका उनले विपिनको रिहाइको पहललाई प्राथमिकतामा राखेका छन् ।

मन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अलमुखैरीसँग भेट गरेका थिए । मन्त्रालयमै भएको भेटमा साउदले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । राज्यमन्त्रीले जोशीको रिहाइका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved