शरणार्थी प्रकरणमा उच्च अदालतको आदेश आज आउन सक्ने

नेपालभ्युज

शरणार्थी प्रकरणमा उच्च अदालतको आदेश आज आउन सक्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले आज थुनछेक आदेश दिने सम्भावना छ ।

सरकारी वकिलको बहस सकिएपछि आदेश आउन सक्ने सम्भावना रहेको हो । उच्च अदालत पाटनमा गत मङ्गलवारबाट सुनुवाइ सुरु भएको मुद्दामा हिजोसम्ममा २० प्रतिवादीको बहस सकिएको छ ।

सरकारी वकिलको बहस सकिएपछि निवेदक (प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्ने छन् । त्यसपछि पुनरावेदन निवेदनमा उच्च अदालतको आदेश आउनेछ ।

जिल्ला अदालत काठमाडौले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म १६ जना अभियुक्तहरूलाई थुनामै राखेर मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेसँगै त्यसविरुद्ध मुद्दाका केही प्रतिवादी उच्च अदालत गएका थिए ।

पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार उक्त मुद्दामा अहिले २० जना थुनामै छन् । २० जना प्रतिवादी र दुईवटा नेपाल सरकारले हालेको गरी २२ वटा निवेदनमाथि एक सातादेखि सुनुवाइ जारी छ ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा पुनरावेदनको निवेदनमाथि सुनुवाइ भइरहेको अदालतको वेभसाईटमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved