सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब २८ करोड 

नेपालभ्युज

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब २८ करोड 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्से सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २ दशमलव १७ अंकले घटेर १८९४ दशमलव ५३ विन्दुमा पुगेको छ ।

आज २९० कम्पनीका ४७ हजार ३ सय ३३ पटकको कारोबारमा ४७ लाख २७ हजार ९ सय २ सेयर कित्ता किनबेच भएको छ । जसमा कारोबार रकम भने १ अर्ब २८ करोड २२ लाख रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८६ अंकले घटेर ३६१ दशमलव ८५ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved