अमेरिकामा ज्यान गुमाएका शाहको परिवारलाई बीमा रकम हस्तान्तरण

नेपालभ्युज

अमेरिकामा ज्यान गुमाएका शाहको परिवारलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । अमेरिकाको न्यूजर्सी राज्यमा ज्यान गुमाएका विष्णु शाहको परिवारलाई  बीमा बापतको रकम उपलव्ध गराइएको छ ।

मृतक शाहको परिवारलाई बीमा  बापतको २ लाख ५६ हजार ५ सय ६२ अमेरिकी डलर (तीन करोड तेत्तीस लाख बराबरको नेपाली रुपैयाँ) हस्तान्तरण गरिएको न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीका वित्तीय इन्स्योरेन्स एजेन्ट जनक भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार शाहले न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीमा गराएको जीवन बीमा बापतको रकम  नेपालमा  रहेकी उनकी श्रीमती मिना शाहलाई उपलब्ध गराएको हो ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका, ६ स्थायी घर भएका शाहको हृदयाघातका कारण अमेरिकामा १७ जनवरी २०२३ मा निधन भएको थियो ।

९ वर्ष अगाडि अमेरिका पुगेका शाहको परिवार हाल दाङको घोराही नगरपालिका, १५ मा बस्दै आएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved