वडा अध्यक्षले कैद सजाय पाएपछि वडा सदस्य भन्छिन्- न्याय पाएँ

नेपालभ्युज

वडा अध्यक्षले कैद सजाय पाएपछि  वडा सदस्य भन्छिन्- न्याय पाएँ

लेखनाथ । जातीय दुव्र्यवहार तथा छुवाछुतसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले गरेको फैसलाबाट पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैयाँ नेपाली दङदास छन् ।

कास्की जिल्ला अदालतको फैसलाको विषयलाई लिएर संयुक्त दलित सङ्घर्ष समिति कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वडा सदस्य नेपालीले उक्त मुद्दामा आफूले न्याय पाएको बताईन् ।

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले जातीय दुव्र्यवहार गरेको भन्दै उनले २०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिईन् ।

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद, रु ७५ हजार जरिवाना र रु १० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved