मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्न नेपाल प्रहरीको आग्रह

नेपालभ्युज

मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्न नेपाल प्रहरीको आग्रह

काठमाडौं । मंसिर ७ गतेको विरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।

मंसिर ७ गते नेकपा एमालेको भ्रातृ संगठन नेपाल युवा संघ र व्यवसायी दुर्गा प्रसाईँले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका हुन्।

उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको बताए ।

उनले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गरे। उनले यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताए। उनले मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको बताए ।

उनले काठमाडौंका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रवन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved