बुधबार सेयर बजारमा हरियाली, कारोबार रकममा केही सुधार  

नेपालभ्युज

बुधबार सेयर बजारमा हरियाली, कारोबार रकममा केही सुधार  
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा हरियाली छाएको छ । हिजो घटेर बन्द भएको नेप्सेमा आज भने उल्लेख्य सुधार देखिएको हो । आज २० दशमलव ६७ अंकले बढेको शेयर बजार १८५० दशमलव ३३ विन्दुमा पुगेको छ ।

बुधबार २९४ कम्पनीको ४३ हजार ५ सय ८३ पटकको कारोबारमा ४२ लाख १३ हजार २ सय ८५ सेयर कित्ता खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने १ अर्ब ८ करोड ७० लाख रहेको छ ।

त्यस्तै आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १५ अंकले बढेर २५४ दशमलव २१ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved