जाडोमा सधैं चिसा हुन्छन् खुट्टा ? अपनाउनुहोस् यस्तो उपाय

नेपालभ्युज

जाडोमा सधैं चिसा हुन्छन् खुट्टा ? अपनाउनुहोस् यस्तो उपाय

एजेन्सी । जाडोको मौसममा कैयौं व्यक्तिका खुट्टा सिरकभित्र छिराउँदा वा मोजा लगाउँदा पनि चिसै हुन्छन् । यदि तपाईं पनि यही समस्याको सामना गरिरहनु भएको छ भने जानौं यस्तो समस्याबाट कसरी बच्न सकिन्छ ?

खुट्टा चिसो हुनुको पछाडि कैयौं कारणहरु हुन सक्छन् । जस्तै रक्तसञ्चार ढिला हुनु, एनिमियाको समस्या तथा उच्च कोलेस्ट्रोल आदि ।

यदी मानिसले आफ्नो खानपानमा आइरनयुक्त खानेकुराहरु जोड्छ भने यसले रगतको कमीबाट बच्न सकिन्छ । जसले गर्दा तपाईंका खुट्टा चिसा हुँदैनन् । यसका लागि तपाईं चुकन्दर, पालक, खजुर, ओखर, सोयाबीन, स्याउ जस्ता आइरन युक्त चिजहरु खानुहोस् ।

जाडोमा चिसोको कारणले गर्दा पानी तिर्खा कम लाग्ने गर्छ । जसले गर्दा हामी पानी पिउँदैनौं र शरीरमा प्रयाप्त मात्रामा पानी पुग्दैन । यसले पनि शरीरमा रगतको बहाव राम्रोसँग नहुँदा हातखुट्टा चिसा हुने समस्या हुन्छ । त्यसैले प्रयाप्त मात्रामा पानी पिउनुहोस् ।

कालो नुनले शरीरलाई भित्रैदेखि तातो राख्ने काम गर्छ । यस्तो घरेलु उपायका लागि तपाईं एउटा बाँटामा मनतातो पानी भरेर त्यसमा कालो नुन राख्नुहोस् । अब यस पानीमा हात तथा खुट्टालाई डुबाएर सेक्नुहोस् । यस्तो पानीले नुहाउन पनि सकिन्छ ।

खुट्टा चिसो हुने समस्या भएकाले मनतातो तेलले मालिस गर्नु पनि राम्रो उपाय हो । यसले खुट्टामा रगतको सञ्चालन राम्रोसँग हुन्छ जसले गर्दा खुट्टा तातो हुँदै जान्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved