सेयर बजार राताम्मे, कारोबार रकममा भारी गिरावट 

नेपालभ्युज

सेयर बजार राताम्मे, कारोबार रकममा भारी गिरावट 

काठमाडौं । कारोबारको तेस्रो दिन सेयर बजार घटेर राताम्मे भएको छ । हिजो सामान्य अंकले बढेको नेप्से आज पुनः दोहोरो अंकले घटेर राताम्मे भएको हो ।

आज नेप्से परिसूचक २३ दशमलव ८२ अंकले घटेर १८२९ दशमलव ६५ विन्दुमा पुगेको छ । मंगलबार २८५ कम्पनीको ३७ हजार ६ सय ७ पटकको कारोबारमा ३६ लाख ७५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ९५ करोड ४७ लाखमा सीमित भएको छ । हिजो सोमबार कारोबार रकम १ अर्ब ९९ करोड ३१ लाख रहेको थियो ।

त्यस्तै आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४८ अंकले घटेर ३५२ दशमलव ०५ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved