तौल कम गर्नका लागि किनोआ चामल

नेपालभ्युज

तौल कम गर्नका लागि किनोआ चामल

एजेन्सी । किनोआ चामल स्वास्थ्यका लागि फाइदाजनक हुनुका साथै तौल कम गर्नका लागि पनि सहयोगी हुन्छ । यो अनाजमा क्यालोरी कम हुनुका साथै पोषक तत्व भने अत्यधिक पाइन्छ ।

किनोआ चामलमा अमिनो एसिड, म्याग्नेशियम, क्याल्सियम जस्ता पोषक तत्व पाइन्छन् । जो शरीरका लागि अत्यावश्यक हुन्छ ।

किनोआ तौल कम गर्नका लागि पनि सहयोगी हुन्छ । किनकी यसमा फाइबरको मात्रा राम्रो हुन्छ । यो खाँदा पेट लामो समय भरिएको महसुस हुन्छ । जसले तपाईंको मेटाबोलिज्मको प्रक्रियालाई बढाउने काम गर्छ ।

किनोआलाई कयौं प्रकारले खान सकिन्छ । तपाईं यसलाई दलिया जसरी खान पनि सक्नुहुन्छ । यसबाहेक फलफूल तथा तरकारीसँग पनि खान सकिन्छ । यसले दिने अन्य फाइदा बारे जानौं ।

यदि तपाईंले पाचन सम्बन्धी समस्याको सामना गरिरहनु भएको छ भने किनोआ चामलको सेवन एकदमै फाइदाजनक मानिन्छ । यसमा पाइने फाइबरले पाचन तन्त्रलाई बलियो बनाउने काम गर्छ ।

त्यस्तै यसको सेवन हड्डीका लागि पनि फाइदाजनक मानिन्छ । यसमा भरपूर मात्रामा क्याल्सियम पाइन्छ जसले हड्डी बलियो बनाउने काम गर्छ ।

किनोआमा भरपूर मात्रामा आइरन पनि पाइन्छ । यसको नियमित सेवनले एनिमियाको समस्या आउन दिँदैन ।

यसरी सम्पूर्ण स्वास्थ्यका लागि किनोआको सेवन फाइदाजनक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved