जाडोमा राति दैनिक एक चम्चा मह खानुका फाइदा

नेपालभ्युज

जाडोमा राति दैनिक एक चम्चा मह खानुका फाइदा

एजेन्सी । त्यसो त अर्गानिक तथा मिसावट नभएको मह स्वास्थ्यका लागि सधैं नै फाइदाजनक हुन्छ । अझ विशेषगरी यो जाडोको मौसममा शरीरका लागि लाभदायक हुन्छ ।

यसलाई कैयौं तरिकाले प्रयोग गर्न सकिन्छ । त्यस्तै एउटा उपाय छ रातको समयमा एक चम्चा मह खाँदा पनि यसका धेरै फाइदा छन् । जानौं–

महले राम्रो निद्रा लगाउन सहयोग गर्छ । जसले गर्दा तनाव तथा चिन्ता जस्ता समस्याबाट राहत पाउन सकिन्छ ।

जाडोको समयमा मह खानाले पेट सम्बन्धी रोग जस्तै कब्जियत, पेट फुल्ने, अपच जस्ता समस्या टाढा भाग्छन् । यसका लागि तातो पानीमा रातको समयमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।

यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने महलाई आफ्नो खानपानमा समावेश गराउनुहोस् । यसले मेटाबोलिज्म बढाउन सहयोग गर्छ ।

जाडोमा नियमित रुपमा मह सेवन गर्नाले एनिमिया जस्तो समस्या हुँदैन । यसले हेमोग्लोबिन बढाउन पनि सहयोग गर्छ ।

महमा पाइने औषधीय गुणले कयौं प्रकारका रोगबाट बचाउँछ । यसले आँखाको ज्योती पनि सही रहन्छ ।

महको सेवनले हृदय सम्बन्धी रोग लाग्नबाट पनि बचाउँछ । यसमा पाइने एन्टीअक्सीडेन्ट गुणले मुटुलाई स्वस्थ राख्छ ।

महको सेवन छालाका लागि पनि त्यत्तिकै फाइदाजनक हुन्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले अनुहारलाई बेदाग राख्न सहयोग गर्छ ।

महको सेवन छालाका लागि पनि त्यत्तिकै फाइदाजनक हुन्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले अनुहारलाई बेदाग राख्न सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved