अङ्गोलामा १० महिनामा १५ हजार जनाको मृत्यु

नेपालभ्युज

अङ्गोलामा १० महिनामा १५ हजार जनाको मृत्यु

लुआन्डा । अङ्गोलामा जनवरी र अक्टोबरको बीचमा सडक दुर्घटनामा झण्डै १५ हजार जनाको ज्यान गएको छ । एङ्गोलाका उपराष्ट्रपति एस्पेरान्का डा कोस्टालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम जोर्नल डे अङ्गोलाले आइतबार यसको तथ्याङ्क सार्वजनिक गरेको छ।

सडक पीडितहरूको सम्झनास्वरूप मनाइने विश्व दिवसको अवसरमा सन्देश जारी गर्दै एस्पेरान्का डा कोस्टाले सरकारले चालु वर्ष सडक दुर्घटनामा भएको ह्रदयविदारक वृद्धिले चिन्तित भएको बताइएको छ ।

जनवरीदेखि अक्टोबर सम्म, १२ हजार ६९ सडक दुर्घटनामा २ हजार ६०७ जना घाइते भएको र१४ हजार ९५० जनाको मृत्यु भएको देखिएको छ । सन् २००५ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको सडक ट्राफिक पीडितहरूको सम्झनाको विश्व दिवस हरेक वर्ष नोभेम्बरको तेस्रो आइतबार मनाइन्छ। सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved