कात्तिकमा घट्यो घरजग्गा कारोबार 

नेपालभ्युज

कात्तिकमा घट्यो घरजग्गा कारोबार 

काठमाडौं । दशैं तथा तिहार जस्ता चाडबाडको कारण कात्तिक महिनामा घरजग्गा कारोबार घटेको छ । सार्वजनिक बिदासंगै चाडबाडको माहोलले घरजग्गा कारोबारमा संकुचन आएको हो ।

अघिल्लो महिना असोजमा ३९ हजार ८८१ लिखत पारित भएको थियो भने कात्तिक महिनामा यसको तुलनामा घटेको छ । यो वर्षको कात्तिक महिनामा २६ हजार ४६ लिखत पारित भएको छ । जुन अघिल्लो महिनाको तुलनामा १३ हजार ८ सयले कम हो । त्यस्तै, साउनमा ३९ हजार २६३ लिखत पारित हुँदा भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो ।

कात्तिकमा घरजग्गाको कारोबार घटेसँगै राजस्व संकलनमा समेत कमी आएको आएको छ । कात्तिक घरजग्गा कारोबारको सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगत समेत २ अर्ब १६ करोड ३१ लाख ६१ हजार राजस्व संकलन भएको छ ।

जसमध्ये सेवा कर २० करोड १५ लाख ३५ हजार रजिस्ट्रेसन दस्तुर १ अर्ब ३७ करोड ८ लाख ४४ हजार, पुँजीगत लाभकर ७७ करोड ९ लाख १६ हजार लाभकर संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ । कात्तिकमा मात्रै सरकारले २० करोड २२ लाख ९० हजार राजस्व छुट दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved