मंसिर ७ गतेको वृहत जनप्रदर्शनको ‘लिड’ एमालेले गर्ने

नेपालभ्युज

मंसिर ७ गतेको वृहत जनप्रदर्शनको ‘लिड’ एमालेले गर्ने

काठमाडौं । काठमाडौंमा युवा संघले गर्ने भनिएको वृहत जनप्रदर्शनको स्वामित्व नेकपा एमालेले लिएको छ । मंसिर ७ गते गर्ने जनप्रदर्शनको ‘लिड’ एमालेले गर्ने निर्णय गरेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सहभागी पार्टीका नेताहरुको विशेष भेलाले प्रदर्शनको स्वामित्व लिएको हो । भेलामा पार्टी अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेललगायत सहभागी थिए ।

भेलाको आयोजना जन संगठन समन्वय संयन्त्रले गरेको थियो । भेलाले पार्टीका संगठनका पदाधिकारी तथा सदस्य, सम्पर्क समन्वय समितिसहित सबै शक्तिप्रदर्शनमा केन्द्रीत रहेने घोषणा गरेको एक नेताले बताए ।

संयन्त्रका इन्चार्ज भानुभक्त ढकालकाअनुसार यो पार्टीको कार्यक्रम भएकाले सबैलाई सहभागी हुन अनुरोध गरिएको छ । देशमा भइरहेको बेथिति,भ्रष्टाचार र सत्ताको ज्यादतिविरुद्ध एमालेको प्रदर्शन रहने उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved