शरीरका यी अंग छोइरहनु एकदमै हानिकारक

नेपालभ्युज

शरीरका यी अंग छोइरहनु एकदमै हानिकारक

एजेन्सी । थाहा नहुन सक्छ कि यी अंग छुनाले ब्याक्टेरिया यसको माध्यमले शरीरमा गएर तपाईंलाई बिरामी बनाउन सक्छ ।

विभिन्न सोध तथा अनुसन्धानमा देखिएअनुसार हातले शरीरमा ब्याक्टेरियाको प्रसारणमा प्रमुख भूमिका निभाउँछ । शरीरका केही अंगमा छुने बानीले तपाईं आफै रोगहरुलाई निम्ता दिइरहनु भएको पनि हुन सक्छ ।

मुख

मुखको माध्यमबाट रोगहरु छिट्टै शरीरसम्म पुग्न सक्छ । त्यसैले औंलाहरुलाई बारम्बार मुख र ओठमा नराख्नुहोस् । यसो गर्दा हातमा भएका खराबी सबै मुखको माध्यमबाट सिधै शरीरभित्र प्रवेश गर्छन् ।

काखी

काखीमा लगभग ८० हजार ब्याक्टेरिया हुन्छन् । यसै कारणले पसिना आएपछि काखीबाट गन्ध आउन थाल्छ । त्यसैले तपाईं आफ्नो काखी छुनबाट बच्नुपर्छ र हरेक दिन आफ्नो काखीलाई राम्रोसँग सफा गर्नुपर्छ । साथै नियमित रुपमा रौं हटाउनुपर्छ ।

कान

धेरै मानिसको चिलाउँदा वा नचिलाउँदा पनि कानमा औंला राखेर सफा गर्ने बानी हुन्छ । तर के तपाईंलाई थाहा छ कान पनि शरीरको फोहोर हिस्सा हो । यसमा हुने मैनको कारण धेरै ब्याक्टेरिया हुन्छन् ।

नाक

नाकमा औंला हाल्नु हुन्न किनभने स्वासको माध्यमबाट ब्याक्टेरिया शरीरको भित्रसम्म पुग्न सक्छ । त्यसैले नाकलाई दिनमा दुई तीन पटक सफा पानीले धुनुपर्छ । यदि तपाईंको नाकमा औंला राख्ने बानी छ भने आजैबाट छोडीहाल्नुस् ।

नाभी

नाभी देख्नमा सफा हुन्छ तर यसमा धेरै ब्याक्टेरिया लुकेर बसेको हुन्छ । त्यसैले यसलाई छुनबाट बच्नुहोस् र नुहाउने समयमा यसलाई राम्रोसँग सफा गर्नुहोस् ।

एनल

शरीरको पछिल्लो भाग, खासगरी एनल धेरै नै फोहोर हुन्छ । यसमा धेरै खालका ब्याक्टेरिया बसिरहेका हुन्छन् । त्यसैले यसलाई छुनबाट पनि बच्नु पर्छ । वा छोएपछि सफासँग साबुनपानीले हात धुनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved