एजेन्सी । जाडो मौसम आएसँगै शहरीय स्थानहरुमा प्रदुषणको स्तर पनि एकदमै बढ्दै जान थाल्छ । यस्तोमा स्वास फेर्न र बाहिर निस्कन पनि एकदमै समस्या हुन्छ । यस्तो मौसममा धुलोको कुहिरो छाइरहेको हुन्छ ।
जसले गर्दा कैयौं विमारीहरु पनि हुन थाल्छन् । घरमा यसबाट बच्नका लागि तपाईं केही त्यस्ता विरुवा लगाउन सक्नुहुन्छ जसले हावालाई सफा राख्न सहयोग गर्छन् । विभिन्न स्रोतहरुका अनुसार स्पाइडर प्लान्टमा प्रदुषण हटाउने क्षमता हुन्छ । यसले हावालाई शुद्ध गर्न सहयोग गर्छ । यसलाई तपाईं आँगन वा बार्दलीमा राख्न सक्नुहुन्छ ।
मनी प्लान्टले हावामा हुने दुषित पदार्थहरुलाई अवशोषित गर्ने क्षमता राख्दछ । यो विरुवाले स्वास लिनका लागि स्वच्छ अक्सीजन छोड्छ । यसलाई घरमा लगाउनु एकदमै फाइदाजनक सावित हुन्छ ।
त्यस्तै विभिन्न स्वास्थ्य समस्याका लागि औषधीय विरुवा एलोवेरा पनि अवश्य लगाउनुहोस् । यसले हावाबाट टक्सिक पदार्थहरुलाई बाहिर निकाल्न उपयोगी हुन्छ । यसबाहेक यसलाई धेरै घाम तथा पानीको आवश्यकता पनि हुँदैन ।
स्नेक प्लान्टले बढ्दो प्रदुषणलाई कम गर्न एकदमै राम्रो काम गर्छ । यसलाई घरमा लगाउन सकिन्छ । यसको पनि धेरै रेखदेखको आवश्यकता पर्दैन । तुलसी एउटा प्राकृतिक एयर प्यूरिफायरले जसरी काम गर्छ ।
यसले हावामा हुने कार्बन मोनो डाइअक्साइड, कार्बन डाई अक्साइड तथा सल्फर डाइअक्साइडलाई अवशोषित गर्छ । साथमा यसमा धेरै नै औषधीय गुणहरु पनि हुन्छन् । पीस लिली विरुवाले सुन्दरता
बढाउनुका साथै हावामा हुने हानिकारक ग्यासलाई पनि अवशोषित गर्दछ । यसले वायु प्रदुषणलाई धेरै मात्रामा कम गर्न सहयोग गर्छ ।
Facebook Comment
Comment