लामो स्वास फेर्नुहोस्, रिस हुनेछ गायव

नेपालभ्युज

लामो स्वास फेर्नुहोस्, रिस हुनेछ गायव

एजेन्सी । तपाईंले धेरैले भनेको सुन्नु भएको होला रिस उठ्यो भने लामो स्वास फेर्नुहोस् । जान्नुहोस् रिस उठेको बेला लामो स्वास लिनुका फाइदा केके छन् ?

लामो वा गहिरो स्वास लिँदा तपाईंको मन तथा दिमाग शान्त रहन्छ । लामो स्वास लिँदा तनावबाट राहत मिल्छ र रिसलाई पनि शान्त पार्ने काम गर्छ ।

शरीरमा अक्सीजनको प्रवाहलाई राम्रो बनाउनका लागि दैनिक लामो स्वास तान्ने खालका कसरत गर्नुहोस् । दैनिक कम्तीमा २० मिनेट गहिरो स्वास तान्ने खालको कसरत गर्नु उपयुक्त हुन्छ ।

यदि तपाईं हरेक सानो कुरामा नर्वस तथा बेचैन हुनुहुन्छ भने  गहिरो स्वास लिनुहोस् । यस्तो अवस्थामा लामो-लामो स्वास लिँदा निकै फाइदा पुग्छ ।

एन्डोर्फिन हर्मोनलाई बढावा दिनका लागि गहिरो स्वास लिनु राम्रो हुन्छ । यो एउटा फिल गुड हर्मोन हो, जसले तपाईंलाई राम्रो महसुस गराउँछ ।

गहिरो स्वास लिनाले तपाईंको फोक्सोले पनि सही तरिकाले काम गर्नेछ । यसले फोक्सो बलियो बनाउँछ । यो कसरतलाई विशेषगरी बिहानको ताजा हावामा गर्नु प्रभावकारी हुन्छ ।

सबैभन्दा पहिला कुनै शान्त स्थान छान्नुहोस् । आँखालाई बन्द गरेर गहिरो तथा लामो स्वास लिने तथा छोड्ने गरेर यो कसरत गर्न सकिन्छ । त्यस्तै एउटा नाकबाट स्वास लिने तथा एउटा नाकबाट बाहिर फाल्ने गरेर पनि यो कसरत गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved