दुर्गा प्रसाईंले गरे गणतन्त्रविरुद्ध आन्दोलनको घोषणा

नेपालभ्युज

दुर्गा प्रसाईंले गरे गणतन्त्रविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं । भाइरल व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्रविरुद्ध आन्दोलन घोषणा गरेका छन् । उनले सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेका हुन् ।

उनले मंसिर ७ देखि सुरु हुने ‘नागरिक मुक्ति आन्दोलन’ले गणतन्त्र कि राजतन्त्र भन्ने टुंगो लाग्ने बताए । उनले आफ्नो आन्दोलनलाई प्रधानमन्त्री र सबै दलका नेताहरुले आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।

‘गणतन्त्र फ्याक्न मन्त्रिपरिषदबाट निर्णय गराएर ५० लाख उपलब्ध गराउन भनेको छु । प्रधानमन्त्रीको मन कमलो छ । पक्कै दिनुहुन्छ’, उनले भने । एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य दलका नेताहरुसँग पनि पैसा माग्ने उनले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved