पर्सा मालपोतका पाँच अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

पर्सा मालपोतका पाँच अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पर्सा मालपोतका तत्कालीन पाँच अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा किनबेचबाट उठेको राजस्व हिनामिना गरेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी तथा तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

तत्कालीन नासु किरणप्रसाद उपाध्यायको भने मृत्यु भइसकेकोले अंशियार छोराहरू राजकिशोरप्रसाद, गौतमप्रसाद, पशुपतीप्रसाद र मुरारीप्रसादलाई प्रतिवादी बनाइएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

नासु र श्रीमतीको समेत मृत्यु भइसकेकाले बिगो रकम ५ करोड ५५ लाख १९ हजार ९७५ दामासाहीले असुल उपर गराउने प्रयोजनार्थ उनीहरूलाई विपक्षी बनाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved