जाडोमा च्याउ किन खानुपर्छ ? जानौं फाइदा

नेपालभ्युज

जाडोमा च्याउ किन खानुपर्छ ? जानौं फाइदा

एजेन्सी । जाडोको मौसममा बजारमा च्याउ पनि आउन थाल्छ । यस मौसममा च्याउको माग पनि बढ्छ । यसको अर्थ हो जाडोमा मानिस च्याउको सेवन धेरै गर्छन् र यसका फाइदा पनि धेरै हुन्छन् ।

जानौं जाडोमा च्याउ खाँदा हुने फाइदा बारे :

मशरुम अर्थात च्याउमा विभिन्न प्रकारका पोषक तत्व पाइन्छन् । यसमा फाइबर, कपर, आइरन, भिटामिन, पोटाशियम जस्ता न्यूट्रियन्ट्स हुन्छन् । यही कारणले जाडोमा च्याउ खानुका धेरै फाइदा हुन्छन् ।

यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने च्याउको सेवन फाइदाजनक हुन सक्छ । च्याउमा राम्रो मात्रामा फाइबर पाइन्छ, जसले शरीरमा मेटाबोलिज्म प्रक्रियालाई तीव्र गराउँछ । यसले तौल घट्न सजिलो हुन्छ ।

जाडोमा मानिसमा कयौं प्रकारका मौसमी रोग लाग्छन् । यस्तोमा च्याउ खाँदा रोग प्रतिरोधात्मक क्षमता पनि राम्रो हुन्छ । जसले गर्दा विभिन्न संक्रामक रोगबाट पनि बच्न सकिन्छ ।

यदि मांसपेशीहरुलाई बलियो बनाउन चाहनुहुन्छ भने दैनिक च्याउको सेवन गर्नुहोस् । यो पौष्टिक तत्वले भरपूर तरकारीले तपाईंलाई बलियो बनाउनुका साथै क्रियाशील गराउन पनि सहयोग गर्छ ।

च्याउमा कार्बोहाइड्रेटको मात्रा एकदमै कम हुन्छ जसले गर्दा मधुमेहका बिरामीका लागि पनि यो फाइदाजनक हुन्छ । यसले शरीरमा सुगरको मात्रालाई नियन्त्रित राख्न सहयोग गर्छ ।

च्याउको सेवनले हड्डीहरु पनि बलियो हुन्छन् । यसमा भिटामिन डीको मात्रा हुने भएकाले हड्डीहरुलाई बलियो बनाउन सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved