जाजरकोट भूकम्प : मृत्यु भएकामध्ये १२० जनाको शव आफन्तले बुझे

नेपालभ्युज

जाजरकोट भूकम्प : मृत्यु भएकामध्ये १२० जनाको शव आफन्तले बुझे

काठमाडौं।  शुक्रबार रातिको शक्तिशाली भूकम्पपछि मृत्यु भएका १५७ मध्ये १२० जनाको शव आफन्तले बुझेका छन् ।

भूकम्पबाट जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा १२० जनाको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रुकुम पश्चिममा भएकोमृत्यु भएका सबै ५२ शव आफन्तले बुझिसकेका छन् । यस्तै जाजरकोटमा मृत्यु भएकामध्ये ६८ जनाको शव पनि परिवारलाई जिम्मा लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved