खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग

नेपालभ्युज

खाद्यान्न र चिनीको अभाव हटाउन सांसदको माग
फाइल तस्वीर

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले चाडपर्वका समयमा बजारमा खाद्यान्न र चिनीको अभाव देखिएको जनाउँदै खाद्यन्नको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि कायम रहेको चिनीको अभाव आपूर्तिका लागि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभामा बोल्दै सांसद गङ्गाकुमारी वेल्वासेले चाडपर्वकाबेला बजारमा देखिएको खाद्यान्न र चिनीको अभाव तथा कालोबजारी नियन्त्रण गर्न माग गरिन्।

त्यस्तै, सांसद गोपाल भट्टराईले चाडपर्वका समयमा जनता महँगीको मारमा परेको र आधारभूत आवश्यकताको अभाव भएको, महँगी बढेको, चिनीको अभाव देखिएको भन्दै उचित व्यवस्थापन गर्न माग गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved