भदौको तुलनामा १८ प्रतिशतले बढ्यो घरजग्गा कारोबार  

नेपालभ्युज

भदौको तुलनामा १८ प्रतिशतले बढ्यो घरजग्गा कारोबार  

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो महिनामा काठमाडौँ उपत्यकामा घरजग्गा कारोबार बढ्न थालेको छ । घरजग्गा कारोबार खुले पनि सुस्त गतिमा रहेको घरजग्गा कारोबार असोजमा भने केही बढेको छ ।

भूमि सुधार तथा अभिलेख विभागको तथ्यांक अनुसार भदौ महिनाको तुलनामा असोजमा घरजग्गा कारोबार बढेको देखिएको हो । तथ्यांक अनुसार असोजमा उपत्यकाभित्र २ हजार ३ सय १५ घरजग्गाको कारोबार भएको छ ।

अघिल्लो महिनाको तथ्यांकलाई नियाल्ने हो भने भदौमा १ हजार ९ सय ५० घरजग्गाको कारोबार भएको थियो । यसर्थ भदौको तुलनामा असोजमा १८ प्रतिशत बढी घरजग्गाको कारोबार भएको छ ।

गत वर्षकै तथ्यांकलाई हेर्ने हो भने पनि चालु आर्थिक वर्षको असोजमा ४८ प्रतिशतले घरजग्गा कारोबार बढेको छ । गत वर्षको असोज महिनामा १ हजार ५ सय ५६ घरजग्गा मात्र कारोबार भएको थियो । यसर्थ यस वर्ष घरजग्गा कारोबार फस्टाउने छाँट देखिएको छ ।

घरजग्गा कारोबारमा सुधार देखिएसँगै जग्गा कित्ताकाटमा पनि वृद्धि भएको छ । विभागको तथ्यांकअनुरुप भदौको तुलनामा असोजमा ३५ प्रतिशतले कित्ताकाट वृद्धि भएको देखिएको हो । भदौमा पाँच सय ३२ को संख्यामा कित्ताकाट भएको थियो भने असोजमा ७ सय १५ संख्यामा कित्ताकाट भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved