गुटेरेसले सम्बोधन गर्ने बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन

नेपालभ्युज

गुटेरेसले सम्बोधन गर्ने बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिइएको छ ।

संसद सचिवालयले एक सूचना जारी गरी मंगलबारको संसद बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदलाई निर्देशन दिएको हो ।

मंगलबार दिउँसो ४ बजेका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक आह्वान गरिएको छ ।

पोखरा र लुम्बिनी भ्रमण गरी काठमाडौं फर्केपछि गुटेरेसले संसदलाई सम्बोधन गर्ने समयतालिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved