सिन्धुलीमा तेस्रो माझी गोल्डकप सुरु हुँदै, विजेताले २ लाख ६५ हजार पाउने  

नेपालभ्युज

सिन्धुलीमा तेस्रो माझी गोल्डकप सुरु हुँदै, विजेताले २ लाख ६५ हजार पाउने  

सिन्धुली। सिन्धुलीमा तेस्रो माझी गोल्ड कप आजदेखि सुरु हुने भएको छ ।  सिन्धुलीको मरिण गाउँपालिका वडा नं ७ बाह्रबिसेको खेल मैदानमा हुने खेलको उद्घाटन खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गर्ने तयारी छ ।

आज हुने उद्घाटन खेलमा नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुली र नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति मोरिङ्गाबीच प्रतिस्पर्धा हुँदैछ ।उद्घाटन खेलका लागि मन्त्री लिम्बु आजै सिन्धुली आउने आयोजक नेपाल माझी उत्थान संघले जनाएको छ ।

आजदेखि कार्तिक २१ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमको सहभागिता रहने जनाइएको छ । खेलमा प्रथम हुने टिमले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन् ।

यस्तै दोस्रो हुनेले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र र  तेस्रो हुनेले  ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved