यी हुन् बेथानचोक गाडी दुर्घटनाका घाइतेहरु

नेपालभ्युज

यी हुन् बेथानचोक गाडी दुर्घटनाका घाइतेहरु

काठमाडौं । काभ्रेको बेथानचोकमा गाडी दुर्घटना हुँदा एमाले नेतृ नविना लामा र भक्तकुमारी लामासहित केही कार्यकर्ता घाइते भएको  जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ  । तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिँदा उनीहरु घाइते भएका हुन् ।

पार्टी कामको सिलसिलामा नेताहरु बेथानचोक पुगेका थिए । सामान्य घाइतेहरूलाई तत्कालै एम्बुलेन्सबाट उद्धार गरिएको छ ।

बेथानचोक दुर्घटनाका घाइतेहरु:-
१.स्याङजा पुतलीबजार ५ बस्ने बर्ष ३६ की सिर्जना नेपाली- बायाँ हातको पातामा चोट ,अवस्था सामान्य ।
२ सिर्जना नेपालीका छोरा बर्ष १३ को सुबम श्रेष्ठ- अवस्था सामान्य
३ सिर्जना नेपालीकै छोरा बर्ष ५को सुरज श्रेष्ठ- अवस्था सामान्य
४.काभ्रे चौरीदेउराली ७ बस्ने बर्ष ४० की नविना लामा-टाउको र बायाँ हातमा चोट, अवस्था मध्यम
५. खानिखोला ५ मिल्चे बस्ने बर्ष ४०की रचना मगर -देब्रे घुडामा चोट सामान्य ।
६. रचना मगरकी छोरी बर्ष १६ की ईन्जिला सोडारी- देब्रे खुट्टामा चोट मध्यम ।
७. दोलखा कालिन्चोक ३ बस्ने बर्ष ३२की मिना श्रेष्ठ- टाउकोमा चोट अवस्था मध्यम ।
८. काभ्रे खानिखाला ६ बस्ने बर्ष ३५को दिपेन्द्र राना – दाहिने आँखा, बायाँ हातमा चोट मध्यम
९. काभ्रे पाचखाल न.पा १२ बस्ने बर्ष ३५की भक्त कुमारी लामा-दाहिने हातको पातामा चोट अवस्था मध्यम
१०. काभ्रे बेथानचोक -१ बस्ने बर्ष ७४को सिङताङ तामाङ-टाउको र गर्धनमा चोट, अवस्था मध्यम
११.एक जनाको नाम खुल्न बाँकी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved